माछापुच्छ्रे बैंकको ऋणपत्र जारी

270
  •  
  •  
  •  

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको रु.१,००० अङ्कित दरका ३०,००,००० कित्ता ऋणपत्र सोमबार देखि जारी गरेको छ ।

वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदरसहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ भने बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री हुनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउँदछ ।

बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३२ वटा शाखाहरु र११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२६ स्थानवाट ६ लाख भन्दा बढि ग्राहकमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छन् ।


  •  
  •  
  •