राजदूतहरुको सुनुवाई आज हुँदै

123
  •  
  •  
  •  

काठमाडौं २१ माघ (ओएनएस) :   संसदीय सुनुवाइ समितिले अमेरिका र भारतको राजदूतमा सिफारिस भएकाहरुको सुनुवाई गर्दैछ । अहिले  बस्ने बैठकले अमेरिकाका लागि सिफरिस डा. अर्जुनकुमार कार्की र भारतका लागि सिफारिस दीपकुमार उपाध्यायको सुनुवाई गर्ने भएको हो ।

संसदीय समितिहरुकौ बैठक समेत बहिष्कार गरेको एकीकृत माओवादी नेतृत्वको मोर्चाका सभासद्हरु भने बैठकमा नजाने बताएका छन् ।

तर उनीहरु नआए पनि सुनुवाई प्रक्रिया स्थगित नगरिने समितिका सदस्य कुलबहादुर गुरुङले जानकारी दिए । संसदीय समितिले नाम अनुमोदन गरेपछि सरकारले नाम एग्रिमोका लागि सम्बन्धित देशमा पठाउने छ ।


  •  
  •  
  •