यी नदीहरुमा बाढीको उच्च जोखिम

137
  •  
  •  
  •  

काठमाडौँ । आज कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तिनाउ नदीमा बहाव सतर्कता तह आसपास रहेको छ ।


महाशाखाका अनुसार अबको ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती लगायत र प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम, कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीमा मध्यम जोखिम रहेको छ । महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।


  •  
  •  
  •