‘म राजेश हमाल’ मा अनुबन्ध भए आर्यन

145
  •  
  •  
  •  

काठमाडौं । राजेश हमालको नाममा निर्माण हुन लागेको फिल्म ‘म राजेश हमाल’ मा अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् । निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । फिल्ममा उनको केमियो भूमिका हुनेछ । आर्यनले राजेश हमालको सम्मानका लागि फिल्ममा काम गर्न लागेको बताएका छन् ।

निर्माता केदार भुषालले फिल्ममा केमियो भूमिकाका लागि राजेश हमाललाई पनि अफर गरेका छन् । तर, अहिलेसम्म उनले फिल्ममा अभिनय गर्ने वा नगर्ने विषयमा कुनै निर्णय दिएका छैनन् । विक्रम लामाले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछानेको अभिनय रहनेछ ।

राजेश हमालको नाममा ‘म राजेश हमाल’ बन्न लागे पनि उनको जीवनीमा फिल्म आधारित हुने छैन । निर्माण टिमले उनको सम्मानका लागि फिल्म बनाउन लागेको हो । भदौ २० गते धनगडीबाट फिल्मको सुटिङ सुरु हुँदैछ ।


  •  
  •  
  •