रिहा भएलगत्तै ठगी आरोपमा पुनः पक्राउ परे ल्यारक्याल

272
  •  
  •  
  •  

काठमाडौँ, ८ चैत(ओएनएस) : एमाओवादीका विवादास्पद सांसद ल्यारक्याल लामा रिहा भएलगत्तै पक्राउ परेका छन् ।

बैक लकरमा १४ राउण्ड गोली फेला परेपछि पक्राउ परेका लामालाई वैदेशिक रोजगारीको ठगी मुद्धामा पुनः पक्राउ गरिएको हो । ९ दिनअगाडि पक्राउ गरेर थुनामा राखिएका लामालाई दुई पटक गरी प्रशासनले ८ दिनको म्याद थप गरेर थुनामा राखिएको थियो ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौँले ६६ हजार ७ सय ५० रूपैँया धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर पुर्‍याएको थियो । विभागबाट लामालाई प्रहरीले नियन्त्रणमा लिई सिंहदरबार कार्यालयमा राखेको छ ।

अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारको छानबिनमा रहेका लामाको दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको ४ सय १४ नम्बरको लकरमा गोली भेटिएपछि ९ दिनअघि पक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।


  •  
  •  
  •