सार्कले लुम्बिनीलाई पनि रंगायो

368
  •  
  •  
  •  

lumbini-300x195रुपन्देही, २७ कार्तिक (ओएनएस): सार्क सम्मेलनमा भाग लिने आउने राष्ट्रप्रमुख तथा बिशिष्ठ ब्यक्तिहरुले लुम्बिनीको पनि भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रलाई चिटिक्क पार्ने काम तीब्र रुपमा अघि बढेको छ ।

भ्रमणको व्यवस्थापन, मञ्च निर्माण, सरसफाई, सजावट, हेलीप्याड निर्माण, सरसफाई र अन्य विभिन्न पूर्वाधार निर्माण भैरहेको व्यवस्थापन तयारी समितिले जनाएको छ ।

भ्रमण व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको सरकारबाट स्वीकृती हुन बाँकी रहेको लुम्बिनी विकास कोषका योजना प्रमुख तथा भ्रमण व्यवस्थापन तयारी समितीका संयोजक इमानसिंह लामाले जानकारी दिए । सरकारसँग १ करोड ५ लाख रुपैया माग गरिएको छ । अहिले कोषको बजेटबाटै रकमान्तर गरेर भ्रमण तयारीको लागि खर्च गरिएको उनले बताए । उक्त रकम सरकारसँग माग गरिए पनि तयारी तथा व्यवस्थापन खर्च बढ्न सक्ने भ्रमण तयारी समितिले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले लुम्बिनीमा सम्बोधन गर्ने भएपछि मञ्च बनाउन खर्च बढ्न सक्ने बताइएको छ । भारतीय दुताबासले दिएको डिजाइन अनुसार मञ्च बनाउनुपर्ने र त्यस किसिमको मञ्च बनाउँदा २०–२५ लाख लाग्न सक्ने अनुमान गरिएको लामाले जानकारी दिनुभयो ।

यस्तै भ्रमणको सुरक्षालाई ध्यान दिँदै लुम्बिनीमा सुरक्षा निकायका प्रमुखहरुले नियमीत जसो निरिक्षण गरिरहेका छन् । नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरिक्षक, प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले हेलीप्याड देखी मायादेबी मन्दीरसम्मको भिआइपी मार्ग तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले खाना खाने स्थानको निरिक्षण गरेका थिए ।

लुम्बिनीमा नेपाली सेनाले लगातार सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेको छ । भने लुम्बिनीमा सेनाको अस्थायी क्याम्प समेत रहने भएको छ । आगामी मंसिर १० र ११ गते काठमाडौमा हुने सार्क सिखर सम्मेलनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे लगायतका विशिष्ठ व्यक्तीहरुले लुम्बिनी भ्रमण गर्ने बताइएको छ ।


  •  
  •  
  •  

Comments are closed.