लुम्बिनी अञ्चल अस्पतालद्वारा फार्मेसी सञ्चालनमा

177
  •  
  •  
  •  

unnamedरुपन्देही, १५ फागुन (ओएनएस) : लुम्बिनी अञ्चल अस्पतालले फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ ।

फार्मेसी सेवको आइतबार रक्षामन्त्री वालकृष्ण खाँणले उदघाट्न गरे ।

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा नेपाल सरकारको अस्पताल फार्मेसी सेवा निर्देशीका २०७२ अनुसार लुम्बिनी अञ्चल अस्पतालले अस्पताल परिसरभित्र फार्मेसी सञ्चालनमा ल्याएको हो । फार्मेसी सञ्चालन भएपछि बिरामीले सहजरुपमा औषधि खरिद गर्न पाउने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्याक्रममा रक्षामन्त्री खाँणले अस्पतालमा सेवा लिन आउने बिरामीले सहजरुपमा औषधि खरिद गर्नेको आगि अस्पतालको फार्मीसीले सहज हुने बताए ।

लुम्बिनी अञ्चलका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. राजेन्द्र संजेल क्षेत्रीले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार फार्मेसी सुरु गरेको बताए । सरकारले फार्मेसी सञ्चालनको लागि दिएको १५ लाखबाट अस्पतालले सुरु गरेको बताए ।
lumbini zonal hospital


  •  
  •  
  •