लुम्बिनी अस्पतालको भवन निर्माणका लागि ३ करोड विनियाेजन

214
  •  
  •  
  •  

बुटवल, ६ चैत (ओएनएस) : बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालको भवन निर्माण र उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयले ३ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अस्पतालको डायगोनोइष्ट भवनका लागि १ करोड, उपकरण खरिदका लागि १ करोड ५८लाख र अस्पतालको आकस्मीक उपचार भवनको मर्मत तथा परिसर भित्रको अत्याबश्यक सडक मर्मत र कालोपत्रेका लागि २० लाख रुपैयाँ बजेट बिनियोजन भएको अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले जानकारी दिए ।

आवश्यक र आधुनिक उपकरण खरिद र नयाँ भवन निर्माणका लागि गर्नका लागि प्रचलित कानुन अनुसार छिट्टै टेण्डर आव्हान गरिने अध्यक्ष खनालले बताए ।

अञ्चल अस्पतालमा लुम्विनी अञ्चलका ६ जिल्लाकासहित मध्यपश्चिमका केही जिल्ला र भारतबाट समेत उपचार गराउन बिरामी आउने गर्छन ।


  •  
  •  
  •