उद्योग ब्यापार संगठनको लुम्बिनी शाखा उदघाटन

92
  •  
  •  
  •  

रुपन्देही, २९ पुस (ओएनएस) : उद्योग ब्यापार संगठन रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका शाखा कार्यालयको उदघाटन भएको छ ।

मंगलबार लुम्बिनीमा आयोजित औपचारिक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले शाखा कार्यालयको उदघाटन गरेका हुन् ।

सदस्य सचिव तामाङले लुम्बिनीको पर्यटन विकासमा उद्योगी व्यवसायीका संस्थासंग लुम्बिनी विकास कोषले सहकार्य गरे अघि बढ्ने प्रतिवद्धता जनाए ।

द्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष खिमबहादुर खत्रीले रुपन्देही जिल्लामा पर्यटन,कृषि,उद्योग र ब्यापारको क्षेत्रमा प्रचुर सम्भावना भएको चर्चा गर्दै संगठनले जिल्लाका सबै नगरपालिकामा शाखा विस्तार गर्दै अघि बढेको बताए ।

उद्योग ब्यापार संगठन लुम्बिनी शाखाका अध्यक्ष कृष्णबहादुर गुरुङले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अन्तरराष्ट्रिय महत्वको लुम्बिनीमा हालसम्म उद्योगी व्यवसायीको संगठन नभएकाले उनीहरुलाई संगठीत बनाई लुम्बिनीको पर्यटन विकासमा समेत योगदान पुराउन शाखा गठन गरेको बताए । उनले संगठनले आगामी दिनमा हरेक वर्ष लुम्बिनीमा फुड फेस्टिबल र प्रतेक २ वर्षमा लुम्बिनी पर्यटन महोत्सव आयोजना गर्ने प्रतिवद्धता जनाए ।

गत मंसिरमा गठन भएको संगठनको शाखामा करिब २ सय उद्योगी व्यवसायी आवद्ध रहेका र एक वर्षभित्र एक हजार सदस्य पुराउने लक्ष्य रहेको संगठनका जिल्ला महासचिव नारायणप्रसाद भण्डारीले बताए ।


  •  
  •  
  •