अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

189
  •  
  •  
  •  

काठमाडौं, १ मंसिर (ओएनएस) : अन्तराष्ट्रिय बौद्ध सम्मेलन २३ बुँदे घोषणापत्र जारी गरी सकिएको छ ।

घोषणापत्रमा लुम्विनीलगायत विश्वका सबै बौद्ध सम्पदाको बारेमा चेतना गराउने, लुम्विनी क्षेत्रको दिगो विकास गर्ने, बौद्धमार्गीको सुरक्षा बढाउने, धार्मिक सहिष्णुता कायम गराउने, लुम्विनी क्षेत्रमा अमानवीय गतिविधी नियन्त्रण गर्न सरकारको ध्याकर्षण गराउने विषय उल्लेख छन् ।

सम्मेलनमा कुल ३२ राष्ट्रका आठ सय प्रतिनिधी सहभागी भएको थिइ ।  काठमाडौको थेरवाद बुद्धिष्ट एकेडेमि र म्यानमारको सितगु इन्टरनेशनल बुद्धिष्ट एकेडेमिको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनको उद्घाटन कार्तिक २९ गते राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका थिए ।

मंगलवार पाहुनाहरुलाई लुम्विनी क्षेत्र अन्तरगतका कुदान, देवदह, रामग्राम, गोटिहवा आदि ठाउँको भ्रमण गराउने कार्यक्रम  आयोजकले बताए  ।


  •  
  •  
  •