चन्द्रकान्त खनाल
रुपन्देही, २२ वैशाख (ओएनएस) : व्यक्तिगत तरिकाबाट भौतिक संरचना निर्माण गरिएपनि राजनीतिक दलको अखडाको केन्द्रको रुपमा परिचित लुम्बिनी अञ्चल अस्पतालमा १४ वर्ष बिती सक्दा पनि आइसीयू सञ्चालन हुन सकेको छैन ।
मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीकाअनुसार आइसीयू सञ्चालन गर्नै ५२ लाख लाग्ने र आइसीयूको ६ बेडले त्यो धान्न नसक्ने भएकाले सञ्चालनमा आउन नसकेको बताएका छन् ।
स्थानीय रामलाल आर्चायकी श्रीमती र बाबुराम आर्चायकी आमा स्वर्गिय नन्दकला आर्चायको स्मृतिमा २०५७ सालमा उनले आइसीयू भवन बनाइदिएका थिए । सरकारले पनि आइसीयूलाई चाहिने भेन्टीलेटर, डिफिबिलेटर, सेन्टरमोनिटर लगायत सामग्री दिएको छ ।
अब पनि सञ्चालनमा नल्याए आइसीयूका उपकरण नचल्ने अबस्थामा रहने मेडिकल रेकडर लक्ष्मीराज रेग्मी बताउँछन् । अस्पतालका मेडिष्कल सुपरिटेण्डेन्ट डा. तारानाथ पौडलले अस्पताललाई आइसीयू सञ्चालन गरेर समाधान नहुने भन्दै अस्पतालको स्तर बृद्धि गर्नु अहिलेको पहिलो आवश्यकता भएको बताए ।
१४ जिल्लाका दैनिक ७ सय देखि ८ सयसम्म बिरामी उपचार गराउन आउने यस अस्पतालमा आइसीयू सञ्चालन नहुँदा बिरामी मर्कामा परेका छन् । यस अस्पतालमा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, बाग्लुङ, पर्वत, स्याङजा, दाङ, प्युठान, रोल्पा, रुकुम लगायतका जिल्लाका बिरामी लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ आउने गर्छन् ।