काठमाडौं ।दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ ।
आइतबारको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ९ विककेटले पराजित गरेको हो । देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा गर्यो । लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले ९ रन बनाइन् । गीता गोसाईले ४ रन बनाउन सफल भइन् । बलिङतर्फ कर्णालीका लागि अन्जु गुरुङले एक विकेट लिइन् ।
यसअघि मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भयो । कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बनाउन सफल भइन् । त्यस्तै अन्शु शाक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका रानाले २-२ रन बनाइन् ।
बलिङतर्फ लुम्बिनीकी लागि कप्तान नेरी थापाले दुई विकेट लिइन् । यसअघिको खेलमा लुम्बिनीले प्रदेश २ लाई हराएको थियो ।