‘कौन वनेगा करोडपती’ लक्की ड्र परेको भन्दै ठगी गर्ने गिरोह पक्राउ

359
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) :‘कौन वनेगा करोडपती’ लक्की ड्र परेको भन्दै ठगी गर्ने एक गिरोहलार्इ प्रहरीले पक्राउ गरेकाे छ। उक्त ठगी आरोपमा गिरहाेमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

रुपन्देही सियारी–१, का २४ वर्षीय अंगदकुमार यादव , लुम्बिनी सांस्कृतिक नगरपालिका–१, का २४ वर्षीय वीराज भनिने हुसेन शेष र मायादेवी–८, बस्ने २५ वर्षीय राधेश्याम कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए।

उनीहरुले भारतिय २५ लाख रुपैयाँको ड्र परेको भन्दै प्रलोभन देखाएर ड्र मा परेको पैसा नेपाल पठाउन बैङ्क सेक्युरिटिका लागि ६० हजार रुपैयाँ आवश्यक पर्ने भन्दै पैसा उठाएर सामान्य नागरिकलाई ठगी गरेको डिएसपी पाण्डेले बताए। ।

उक्त गिरहाेले १३ जना बाट ५ लाख २२ हजार ४०० रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ । मोबाइलमा आइएमओ मार्फत ड्र परेको जानकारी गराउने र मनि ट्रान्सफरबाट पैसा पठाउन लगाएर ठगी गरेको सूचनाका आधारमा प्रहरीले उनीहलाई पक्राउ गरेको हो ।


  •  
  •  
  •