‘लक्की ड्र’ काे लाेभ देखाएर ठगी गर्ने गिरहाेका नाइके दुबई, पाकिस्तान र भारतमा, २५ लाखको लोभमा सवा ७ लाख गुम्यो

403
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (अाेएनएस) : ‘लक्की ड्र’ काे लाेभ देखाएर ठगी गर्ने गिरहाेका नाइके दुबई, पाकिस्तान र भारत रहदै अाएकाे प्रहरीले खुलासा गरेकाे छ।

‘लक्की ड्र’ मार्फत एक महिलालार्इ ठगी गर्न खाेजेकाे गिरहाेका एक सदस्यलार्इ महानगरीय अपराध महाशाखाद्धारा खटिएकाे प्रहरी टाेलीले पीडीतले पठाएकाे तीन लाख रुपैयाँसहित पक्राउ गरेपछि उक्त कुरा खुलासा भएकाे हाे।

नरदेवी बस्ने पीडीत महिलालाई गत चैत ८ गते गिरहाेले इमोमा एउटा म्यासेज पठायाे। जसमा ‘होली लक्की ड्र’को २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको उल्लेख थियो।

ती महिला एनसेल नम्बर चलाएकाे हुनाले ठगी गर्ने गिरहाेले एनसेलकै अफिसबाट हाे भन्दै उक्त म्यासेज पठाएकाे थियो।

लगत्तै उनलार्इ गिरहाेले पुन: सम्पर्क गरी बैंक खाता माग्याे। बैंक खातामै २५ लाख रुपैयाँ हालिदिने भन्दै खाता नम्बर गिरहाेले मागेकाे थियो। तर, सरकारको नियमअनुसार १५ प्रतिशत कर काट्नुपर्ने र त्यसका लागि छुट्टै पैसा लाग्ने भन्दै गिरहाेले महिलासँग पैसा माग्यो।

२५ लाख आउने भएपछि १५ प्रतिशत तिर्न ती महिलालार्इ समस्या भएन। मनि ट्रान्सफरमार्फत पैसा पठाइदिइन्।

तर, चिठ्ठाबापतको पैसा आएन। गिरहाेले अरु थप, पैसा माग्यो। उनलाई शंका लागेपछि प्रहरी कहाँ पुगेर सबै वृतान्त सुनाइन्।

पछिल्लो पटक उनले ३ लाख रुपैयाँ दिएकी थिइन्। उनले पठाएको पैसा रिसिभ गर्ने गुल्मीका विजय ज्ञवालीलाई प्रहरीले मंगलबार उक्त ३ लाख रुपैयाँसहित पक्राउ गरेपछि गिरहाेमा संलग्न अन्य ब्यक्तिहरुकाे पहिचान भएकाेले उनीहरुकाे खाेजी कार्य प्रहरीले तिब्र बनाएकाे छ।

पक्राउ परेका ज्ञवाली पैसा लिएर विदेश पठाउने एजेन्ट रहेकाे प्रहरीले जनाएकाे । पक्राउ परेका ज्ञवालीले अाफुलार्इ रुपक खरेल नामक व्यक्तिले उक्त पैसा निकाल्न लगाएको बताएका छन्। खरेल भने फरार रहेकाेले उनकाे खाेजी भइरहेकाे छ।

पीडीत महिलाले उक्त समूहलार्इ पटक पटक गरी  ७ लाख २५ हजार रुपैयाँ बुझाएकी थिइन।

विजय कुमार, अकाश बर्मा, राणा प्रपता सि‌ंह लगायत नामक गरेका व्यक्तिहरुले इमो तथा भाइबरमा चिठ्ठा परेको म्यासेज पठाएर ठगी गर्दै अाएकाे महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।


  •  
  •  
  •