किन भएन अाज अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा उडान, लुक्लाका लागि उडेका सबै उडान डाइभर्ट

289
  •  
  •  
  •  

काठमाडौं, २४ चैत (ओएनएस) : अाज अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा उडान भएकाे छैन। आन्तरिकतर्फको उडान नभएकाे विमानस्थलकाे प्रशासन शाखाले जनाएकाे छ। उडान प्रभावित हुँदा यात्रुहरु समस्यामा परेका छन् । बिहानैदेखि माउन्टेन फ्लाइटबाहेकका आन्तरिक उडान हुन नसक्दा विमानस्थलको डोमेस्टिक टर्मिनलमा यात्रुको घुइँचो लागेको छ ।

काठमाडौंको मौसममा कुनै समस्या छैन तर बाहिरको मौसममा खराबी भएकाे कारणले उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनले भने,’ मौसम सफा नभएका कारण लुक्लाका लागि उडेका सबै एयरलाइन्सका उडान डाइभर्ट गरिएको छ।’

 


  •  
  •  
  •