लुक्ला विमान दुर्घटना : दुर्घटनाको कारण मानविय त्रुटि

97
  •  
  •  
  •  

काठमाडौं । २०७६ वैशाख १ गते लुक्लामा भएको हवाइजहाज दुर्घटनाको कारण मानवीय त्रुटि रहेको पाइएको छ ।
समिट एयरको (एन–एएमएच, एलइटी–४१) वायुयान दुर्घटनामा दुई प्रहरी र को–पाइलटको मृत्यु भएको थियो ।

दुर्घटनाबारे गठित छानविन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा पाइलटले समयमै उचित निर्णय लिन नसक्दा जहाज दुर्घटना भएको उल्लेख गरिएको छ ।  जहाजका दुबै इन्जिन कन्ट्रोल गर्ने ‘पावर लिभर’लाई सही तरिकाले उपयोग गर्न नसक्दा जहाज दायाँतर्फ मोडिएको र पाइलटले त्यसलाई सच्याउने निर्णय लिनु अगाडि नै जहाज दुर्घटनामा परेको छानविन आयोगले निष्कर्ष निकालेको छ ।

लुक्ला विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा रहेको जहाज धावनमार्गमा चिप्लिएपछि ग्राउण्डमा रहेका प्रहरी असई रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठलाई किचेको थियो भने समिटकै को–पाइलट सुदीप ढुंगानाको मृत्यु भएको थियो ।
धावनमार्गबाट चिप्लएको जहाजले मनाङ एयरको हेलिकोप्टरलाई टक्कर दिएको थियो ।

दूर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानविन आयोग गठन गरेको थियो ।


  •  
  •  
  •