काफल पकाउदा पनि किन तनावमा छन् जीवन लुइटेल

233
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस) : अभिनेता जीवन लुईटेल आजभोली काफल पकाउनमा व्यस्तछन् । उनी काफल पकाउने क्रममा देश दौडाहामा निस्केकाछन् । अहिले उनी तनहँुमा काफल पकाइराछन् । तर उनको मन बेचैन छ आजभोली । ‘यो बर्ष खेलेका सबै फिल्म एकैपटक रिलिज हुदैछ । दर्शकलाई मेरो सिनेमा हेर्न मुस्किल हुने भो ।’ भन्दै उनले दुखेसो पोखेकाछन् ।

जीवनको मुख्य भूमिका रहेको ‘सुकुलगुन्डा’, ‘जाउँ हिड पोखरा’ र ‘भूलभूलैया’ एकै पटक प्रदशर्नमा आउन लागेपछि उनलाई काफल पकाउन गाह्रो परेको छ ।
सावित्री खत्रीको निर्देशनमा सुटिङ भईरहेको फिल्म ‘काफल पाक्यो’ मा जीवन मूख्य भूमिकामा अभिनय गर्न यतिबेला व्यस्तछन् । लभ स्टोरीमा आधारित फिल्ममा सफलाताको खोजीमा जीवन देश दौडाहामा निस्कने कथाबस्तु रहेको जनाइएको छ ।


  •  
  •  
  •