लुइस फिगो फिफा अध्यक्षको दावेदार

272
  •  
  •  
  •  

luis_figoकाठमाडौ, १५ माघ(एजेन्सी) : पोर्चुगलका पूर्व अन्तराष्ट्रिय फुटबल खेलाडी लुइस फिगो फिफाको अध्यक्ष पदको दावेदारका रुपमा प्रस्तुत भएका छन् । उनी फिफाका वर्तमान अध्यक्ष सेप ब्लाटरलाई चुनौती दिनेछन् ।

फिगोले आफूले फुटबललाई माया गर्ने भएकाले उक्त पदमा आफ्नो दावेदारी प्रस्तुत गरेको बताएका छन् । यसका साथै उनले फुटबलको विवादास्पद छवीलाई सुधार्नका लागि आफूले काम गर्न चाहेको बताएका छन् । फिगोले अध्यक्ष पदमा दावेदारी प्रस्तुत गर्नका लागि पाँच वटा राष्ट्रिय फुटबल संघहरूको समर्थन आफूलाई प्राप्त भएको बताएका छन् ।

आगामी मे मा हुने फिफाका अध्यक्ष पदको निर्वाचनमा सेप ब्लाटरलाई जोर्डनका प्रिन्स अली बिन  हुसेन र फ्रान्सका पूर्व अन्तराष्ट्रिय खेलाडी डेविडले पनि चुनौती दिइरहेका छन् ।


  •  
  •  
  •