काठमाडौं, २४ कात्तिक (ओएनएस): तल्लो तादी खोला जलविद्युत आयोजनाको डिटेल इन्जिनियरिङ डिजाइनको कार्य अन्तिम चरणमा पुगेको छ ।
साथै आयोजना निर्माणको कार्य अघि बढाउन बोलपत्र समेत आव्हानका लागि टेण्डर डकुमेन्टको तयारी अन्तिम चरणमा पुगेको बुद्वभुमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए ।
‘अहिले आयोजनालाई आवश्यक पर्ने पेनस्टक पाइप तथा इलेक्ट्रो मेकानिकल उपकरणहरु उत्पादन गर्न कम्पनीहरुसँग सामगी खरिदका लागि छलफल भइरहेको छ’ उनले भने । वाटर वेका पाइप लाई व्यवस्थापनको सर्भे सम्पन्न भइसकेको बताइएको छ ।
५ मेगा वाट क्षमताको उक्त आयोजना निर्माणको कार्य २०७४ को अन्त्यसम्ममा सम्पन्न हुने निर्माण सम्पन्न भएलगतै सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।
१ अर्व लागतमा बन्न लागेको सो आयोजनाबाट जम्मा २ सयले रोजगारी पाइरहेका छन् । आयोजना सञ्चालन भएपश्चात ३० जनाले रोजगारी पाउने श्रेष्ठले बताए ।
। आयोजना निर्माणमा आवश्यक वित्तिय व्यवस्थापन सिद्वार्थ बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, माछापुच्छ््र बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले उपलब्ध गराउने भएको छ ।