प्रेमीलाई औंठी दिएपछि…

95
  •  
  •  
  •  

सोलुखुम्बु, २४ साउन : कसैसँग तपाईंको प्रेम प्रसङ्ग चलेको छ भने माया गर्ने बहानामा पैसाको कारोबार नगर्नुहोला । किनकी तपाईंको माया सफल हुन सकेन भने तपार्इंले दुःख पाउनु हुनेछ । माया सफल नभएर केटाले अर्कैसँग विवाह गरेपछि सोलुखुम्बुकी सुनिता राईले आफ्नो प्रेमीलाई दिएको पैसा उठाउनका लागि दुईपटक न्यायिक निकाय धाइसक्नुभएको छ ।

सोलुखुम्बु बासा–६ की सुनिताको वाकुका नवीन मगरसँग प्रेमसम्बन्ध चलेपछि नवीनलाई २०६८ सालमा रु २५ हजार नगद र २०६९ भदौमा छ आनाको सुनको आँैठी दिएका थिए । उनीहरुको प्रेम सफल नभएपछि २०७० भदौ १० गते वाकु प्रहरी चौकीमा कागज बनाइ २०७० पुसमा फिर्ता गर्ने सहमति भएको थियो । तर हालसम्म पनि पैसा र सुन फिर्ता नदिएपछि अहिले उजुरी गर्न सुनिता घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमा आएकी छन् । तर सुनिताका भूपू प्रेमी नवीनले भने पैसा दिने सहमति भएको समयमा पैसा लिन नआएकाले फिर्ता नगरेको बताएको केन्द्रले जनाएको छ ।


  •  
  •  
  •