प्रेमिकालाई गर्भवति बनाइ हत्या गर्ने पक्राउ

85
  •  
  •  
  •  

काठमाडौ २८ असोज ।
प्रेमिकालाई गर्भवती बनाई हत्या गर्ने एक युवकलाई महानगरीय प्रहरी प्रभाग काठमाडौंले पक्राउ गरेको छ । काभ्रे जिल्ला सापिङ्ग-३ का ३३ वर‌्षीय निर्मलराज गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष प्रहरी टोलीले आज उनकै घर नजिकबाट पक्राउ गरेकाे हाे ।

उनी बा१ख ९३६८ नम्बर बसका चालक हुन् । गिरी र सिन्धुपाल्चोक जिल्ला सेलाङ्ग-९ स्थायी घर भई ललितपुर उपमहानगरपालिका-९ च्यासल डेरा गरी बस्ने ३० वर्षीया रिता थापा प्रेम सम्बन्ध रहेको र थापालाई गर्भवती बनाई उनले हत्या गरेको वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले जानकारी दिए ।

‘घटना हुनु भन्दा ८/९ महिना अगाडिदेखि उनीहरुबीच सामान्य चिनजान पश्चात प्रेम सम्बन्ध थियो, त्यसपछि गरी थापाकै कोठामा बस्दै आएका थिए, थापाको गर्भ रहेपश्चात १ पटक गर्भपतन समेत गराएको र सोही बिषयमा उनीहरुबीच बारम्बार विवाद एपछि गिरीले हत्या गरे’, कार्कीले भने ।

पक्राउ परेका गिरीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •