केटी नै उस्ती भएपछि के लाग्छ र ? बिहे गरी बालबच्चा स्याहार्ने केटोमा छोरीको मन बसेपछि बाबुआमाले कतिसम्म दुःख पाउँछन् भन्ने दृष्टान्त हो यो,महाराजगन्जतिरको ।
त्यहीको एक कलेजमा नर्सिङ्ग अध्ययन गर्ने प्रतिमा (नाम परिवर्तन) ढकाललाई एउटा केटो मन पर्यो । केटो गोरखा घर भई काठमाडौं ब्रोडकास्टिङ क्षेत्रमा काम गर्ने हरि पोखरेल हो ।केटीलाई केटो मन पर्नुमा केटोको कुनै दोस हुने कुरै भएन । तर केटी यतिसम्म क्रेजी हुँदा रहेछन् कि जन्माउने हुर्काउने बाबुआमाभन्दा प्यारो लाग्ने । झन्डै एक साता प्रतिमा हराइन् । प्रहरीदेखि अनेकन माध्यबाट खोजी भयो । केटीसँग नजिक मानिएका वकिलमार्फत बल्ल तल्ल पत्ता लाग्यो । प्रहरीले केटाकेटी र तिनका आफन्त पनि सँगै राखेर छलफल चलायो । सहमति पनि भयो । तर ‘चाहना यो दुई मुटुको रोक्न नखोज,बलजफतले प्रिती खोस्न नखोज’ भनेजस्तै भयो । केटी बाबुआमाकै जिम्मामा जाने र केटोले विर्सिएर पनि फोन नगर्ने कागज बन्यो । सही छाप धस्काएर प्रहरीबाट मुक्त त बने भए । तर,माया कागजले हैन, मनले गर्ने हो भन्दै ती उफ्रिन थाले ।
उता,कान्तिपुर टिभीमा काम गर्ने जोडीले कारभित्रै यौनलीला मच्चाएर प्रहरी फन्दामा परेको कुरा सार्वजनिक भइसकेको छ । अर्को घटनाले एभिन्युज तात्तिएको छ । केटी कोरिया बसेर आएकी हुन् । बानेश्वरको केटोसँग बिबाह भएको छ । केटो देशबाहिर छन् । केटीले पहिले हिमालय टेलिभिजनमा न्युज रिडरका रुपमा पनि काम गरेकी हुन् । त्यहाँ टिक्न नसकेर एभिन्युजमा काम गर्न गइन् । न्युज अनएयर नहुँदै हिँडिन् । त्यही काम गर्ने मनोरञ्जन कार्यक्रम उत्पादक दिनेश उप्रेतीसँग हिमचिम भएको एभिन्युजका सबैलाई थाहा छ । दारु नपिउने दिनेशले रमाइलो मन पराउने ती युवतीलाई थाम्न सके होलान् भनेर एभिन्युजाम काम गर्नेहरुले अहिलेसम्म पत्याएका छैनन् ।तर,हराएकी समाचारबाचिक अहिलेसम्म एभिन्युजको सम्पर्कमा छैनन् . जनआस्था साप्ताहिकबाट