दलित यूवासंग प्रेम विवाह गरेपछि…….

189
  •  
  •  
  •  

काठमाडौं २१ माघ । दलित यूवासंग प्रेम विवाह गरेको निहुँमा माईती पक्षले एक महिलालाई कुटपिट गरेका छन् । चारघरे ८ की रजनी थापा मगरले कल्याणपुर ४ का २२ वर्षिय युवक लालवहादुर विक संग विवाह गरेको निहुमा उनलाई आमा रमा थापा मगर सहित दाजु सुसन र काका महेन्द्र लगायतले कुटपिट गरेका हुन् ।

शनिवार प्रेम विवाह गरेका रजनीलाई उनका आफन्तले घरमा पुगेर कुराकानी गर्नुछ पर हिड् भन्दै सोमवार कुटपिट गरेको पिडित रजनीले बताईन । माईती पक्षले पानी नचल्ने अछुत संग विवाह गरि माइतीको नाक कटाएको भन्दै कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको शरिरका विभिन्न भागमा चोटलागेको छ । रजनीको त्रिशूली अस्पतालमा उपचार गरिएको छ ।

जात जातीका आधारमा विभेद देखाउदै कुटपिट गरेपछि पिडित महिलाले न्यायका लागी प्रहरीमा मंगलवार उजुरी दिएकी छिन । प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले महिलाको निवेदन पछि कारवाही प्रक्रिया अघि वढाईएको बताए । कान्तिपुरबाट


  •  
  •  
  •