राधालाइ प्रेमपत्र…..

141
  •  
  •  
  •  

प्रिय राधा,

आज शहर पुरै रातै भएको देख्दै छु । आज शहरियाहरुले मनाउने भ्यालेनेटाइन डे (प्रणय दिवस ) ,त्यसैले होला यो शहर पनि आफुलाइ प्रेममा लिप्त भएको देखाउन खोजी रहेछ । फेसबुकमा भित्ताहरु हेर्दै छु । सहरमा बेच्च राखिएका गुलाबका फुल पनि हेर्दैछु । सायद तिमि पनि हेर्दै छौ होली । मैले जाने सम्म युगयुगान्तर कुनै प्रेम कहानि जिबित रहने छ भने त्यो तिम्रो प्रेम कहानि हो । तिमिले कृष्णलाइ प्रेम गर्दा सायत भ्यालेनेटाइन डे कुरेर बसिनौ होला । न त ब्यापारीक प्रेयोजनका लागी सडकमा राखिएका गुलाबको फुलकै सहारा लियौ होला । न त सडक,रेष्टुरा र पार्कहरुमा उम्लिदो जवानिको प्रदशन गर्दै देखावटि माँयाको नग्न नाच नाच्यौ होला।

हुन त आजको दिनमा प्रेम बद्लएको छ । तिम्रो मायाँ कृष्णको बासुरिको धुनमा मन्त्रमुग्ध हुन्थ्यो । कलियुगकि राधाहरु कृष्णहरु बासुरिको धुनमा होइन बाइकको धुवा मन्त्रमुग्ध हुन्छन । तिमिले कृष्णलाइ प्रेम मात्र दियौ,सुन्दै छु आजकि राधाहरु प्रेम होइन प्रेसर मात्र दिन्छन ।

प्रिय राधा,

हुन त तिमिले कृष्णलाइ पाएनौ तर कृष्णलाइ नपाउदा पनि तिमि कृष्णबाट कहिल्यै टाढा पनि भइनउ । आजको दिन सडक,रेष्टुरा र पार्कहरुमा फेबिकोलले चप्काएर बसेका जस्ता देखिने जोडिहरु एउटै अंगालोमा हुन्छन दुर्भाग्य संगै हुदैनन ।

तिम्रो पबित्र प्रेम संझन्छु अनि आजका राधाहरुको प्रेम देख्छु अनि फेरि भन्न मन लाग्छ । तिमिलाइ कृष्णले कुनै महङगो उपहार दिएनन,तिमिले पनि दियनौ,आज देखिने जोडिहरु एक अर्कालाइ मंहगा उपहार दिदैछन । तर उनिहरुको मायाँ निकै सस्तो र फितलो देखिन्छ ,तिम्रो सामु ।

यो शहरले ठुलो भ्रम पालेर बसेको छ,मंहगो उपहार लिनदिनेहरु धेरै मायाँ गर्छन भनेर खासमा उनिहरु एकअर्कालाइ मायाँनै दिन सक्दैन र महंगो उपहारको सहारामा कृतिममा मायाँको प्रचार मात्र महंगोरुपले गरिरहेका हुन्छन ।

आजका राधाहरु आफुलाइ राधा होइन राधे भन्न रुचाउछन हुन त राधाको जस्तो मान आधा पनि नरहेपछि नाम मात्र राधा राखेर के गर्नु ?

आज हतार हतार मायाँ गर्नेहरु मायाँ गरिरहेका छैनन। मायाँको अभिनय मात्र गरिरहेका छन । मेरो बिचारमा मायाँ मन्दिर हो तर आजका प्रेमिप्रेमिकाहरुले मायाँलाइ मन्दिर होइन त्यो मन्दिरमा गरिने पुजाको प्रसाद झै बनाएका छन ,बाड्दै हिड्छन । प्रसाद बाड्न बनाउने चिज हो । मन्दिर पुज्नका लागी हो । त्यसैले मायाँ मन्दिर हो जो तिमिले कृष्णलाइ दियौ,कृष्णबाट लियौ ।

सदा झै यो शहरले मनाउने प्रणय दिवस मैले यसपटक पनि मनाउने मैका पाएन । किन कि मलाइ राधे होइन राधा चाहिएको छ । राधा यो शहरमा पाउदैन राधे मनले मान्दैन म के गरु ।


  •  
  •  
  •