यस्तो प्रेम : मृतक प्रेमीसँग बिहे गरेर अन्तिम बिदाइ

198
  •  
  •  
  •  

थाईल्यान्डमा एक दु:खद घटना बाहिर आएको छ । एक युवतीले बिहेका लागि कुरो छिनिसकेका युवकसँग बिहे गरेर उनको अन्तिम बिदाइ गरेकी छन् ।
सायद बिहेको छिनोफानो भएर टिकाटालो पनि भइसकेका ती युवासँग उनको बिहे हुने कुरा कर्ममा लेखेको थिएन ।
टिकाटालो भइसकेको अवस्थामा आफ्ना भावी पतिको हृदयघातबाट निधन भएपछि दुनियाँलाई अचम्मित बनाउँदै ती युवतीले उनै युवासँग बिहे गरिन् ।
डेली मेलमा छापिएको समाचार अनुसार थाईल्यान्डको च्याचोङ्ग्सौ प्रान्तकी नान थिप्पारत आफ्ना मङ्गेतर फिएटको मृत्युको खबरले शोकमा डुबिन् । तर पनि उनले आफ्नो बिहे उनैसँग गरेर मात्रै आफंना मङ्गेतरलाई संसारबाट बिदाइ गर्ने निर्णय लिइन् ।
उनले आफ्ना मृत प्रेमी अर्थात मङ्गेतरसँगै बिहे गरिन् । यस क्रममा उनी बेहुलीको पोशाकमा सजिएकी थिइन् । थाईल्यान्डको रीति-रिजाव अनुसार उनले बिहेका सबै रीत पुरा गरेकी थिइन् ।
यस क्रममा उनका मृत मङ्गेतर फिएटको शरीर पनि बेहुलाको पोशाकले सजाइएको थियो ।
यस दु:खद बिहेको केही मानिसले तस्बिर पनि खिच्न भ्याए । त्यसपछि यी तस्बिरलाई सामाजिक सञ्जालमा हालियो । यो बिबाह समारोहमा नानका कयौं नातेदार पनि सहभागी थिए । ती मध्ये केही भावबिह्वल भएर रोइरहेका देखिन्थे ।
अनौठो कुरा त ज्यान गुमाएका फिएटको शरीरमा बिमारीको कुनै लक्षण पनि देखिएको थिएन ।  तर उनको अचानक हृदयघातबाट ज्यान गयो ।  बिहेको यो समारोह च्याचोङ्ग्सौ प्रान्तमा आयोजित गरिएको थियो । थाईल्यान्डमा यस किसिमको बिहेलाई कानुनी मान्यता दिइएको छैन ।
अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •