पहिलो भेटमा केटाहरू के हेर्छन् केटीका ?

337
  •  
  •  
  •  

कुनै पनि पहिलो भेटमा या पहिलो हेराईमा पुरूषले महिलाका विभिन्न कुराहरू ख्याल राख्ने गर्छन् । केटीहरूका केही कुराहरू बारे केटाहरूले क्षणभरमा नै विचार गर्ने गर्छन् । उनीहरूलाई केटीका बारेमा जानकारी लिनका लागि निकै धेरै समय भने लाग्दैन ।

उनीहरूले करिब ५ देखी १० मिनेटभित्रमा केटीका विषयमा जानकारी लिइसकेका हुन्छन् । केही यस्ता कुराहरू छन् जुन केटाहरूले पहिलो नजरमा वा भनौ पहिलो भेटमा नै विचार गर्न भ्याइसकेका हुन्छन्ः

 कपालः 

केटाहरूले पहिलो नजरमा नै केटीहरूको कपाल कस्तो छ, कति लामो छ भन्ने विचार गरिसकेका हुन्छन् । यस्तै, कपाल कस्तो अवस्थामा छ भन्ने कुरा पनि विचार गर्छन् ।

 वक्षस्थलः 

विभिन्न सोध तथा सर्वेक्षणहरूका अनुसार केटाहरूले पहिलो हेराईमा अनुहारलाई भन्दा बढि ध्यान केटीहरूको वक्षस्थललाई दिने गरेको बताइने गरिन्छ । केटीको वक्षस्थलको आकार र अवस्थाबारे केटाहरू सबैभन्दा पहिले जानकार हुने सर्वेक्षणहरूले जनाएको छ ।

कपडा अर्थात् पहिरनः 

केटीहरुले कस्तो लुगा लगाएका छन् भन्ने विचार गरेर पनि केटीहरूको बारेमा केटाहरूले आफ्नो धारणा बनाउने गर्छन् । आगामी सम्बन्धका विषयमा समेत पहिरनले निकै ठूलो प्रभाव पार्ने गरेको सर्वेक्षणहरूमा बताइएको छ ।

मुस्कानः

पहिलो भेटमा मन्द मुस्कानले केटाहरूलाई स्वागत गरे केटाहरू पनि केटीप्रति आकर्षित हुन्छन् । केटाहरूले केटीहरू धेरै हाँसेको या धुम्म परेर बसेको खासै रूचाउँदैनन् र त्यस्ता केटीहरूसँग सम्बन्ध अगाडि बढाउन चाहँदैनन् । जुन केटीहरूको मुस्कान मन्द हुन्छ तीनै केटाहरूको नजरमा सहजै पर्न सक्छन् ।

 कुरा गर्ने शैलीः

केटाहरू केटीहरूको कुरा गर्ने शैलीका बारेमा पनि निकै ध्यान दिने गर्छन् । उनीहरूले गर्ने कुराहरूका सम्बन्धमा केटाहरूले निकै विचार पुर्याउने गर्छन् । यसकारण नजानेका कुरा, धाक लगाउने खालका कुराहरू केटाहरूसँगको पहिलो भेट नगर्दा राम्रो हुन्छ ।

 मेकअपः

केटाहरूले आफ्नो जीवनसंगिनीका रूपमा सामान्य देखिने केटीहरू मन पराउँछन् । थोरै मेकअप गर्ने, तडकभडक नदेखाउने केटीहरू केटाहरूको पहिलो नजरमा पर्ने गर्छन् ।  आत्मविश्वासः

केटाहरू आफूले बनाउन लागेको जीवनसाथी आत्मविश्वासी होस् भन्ने चाहना राख्छन् । केटीहरूको बोल्ने स्वभाव, आत्मविश्वास र शान्त व्यवहारले केटाहरूलाई केटीहरूतर्फ आकर्षित गर्छ ।


  •  
  •  
  •