प्रेमको नाटक रचेर प्रेमिका बेचेपछि…

53
  •  
  •  
  •  

काठमडौं, ११ असोज : प्रेमको नाटक गरी एक युवतीलाई भारतको राजधानी नयाँदिल्ली पुर्याई बिक्री गर्ने युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको न्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले नुवाकोटका राजु तामाङलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।

दिल्ली घुम्न जाने र उतै काम गरी बस्ने भन्दै तामाङले १५ वर्षीया युवतीलाई दिल्ली लगेका थिए । त्यहाँ केही दिन सँगै रहेपछि उनले ती युवतीलाई कोठीमा लगेर बिक्री गरेका थिए ।

प्रहरीले माइती नेपालको सहयोगमा गत चैत्रमा ती युवतीको उद्धार गरेको थियो ।फररा तामाङ ६ महिनापछि पक्राउ परेका हुन् । अभियुक्त तामाङले आफुलाई अरु व्यक्तिले यस्तो काममा लगाएको बताएका छन् । 

नयाँ पत्रिकाबाट


  •  
  •  
  •