निशा र सरद साँच्चिकै मायाप्रेममा

904
  •  
  •  
  •  

मोडल तथा नायिका निशा अधिकारी विभिन्न सभा–समारोहमा क्रिकेटर शरद भेषवाकारसँग देखिन थालेदेखि उनीहरुबीचको सम्बन्धलाई लिएर निकै चर्चा भयो। तर निशाले भने शरद आफ्नो साथी भएको बताउँदै आएकी थिइन्।

अब भने कुरा र सम्बन्ध दुवै फेरिएका छन्। निशा स्वयम्ले नै फेसबुकमार्फत् आफ्नो शरदसँगको सम्बन्धको बारेमा शेयर गरेपछि अन्ततः उनीहरुको प्रेम चर्चाको शिखरमा पुगेको छ। निशाले भेषवाकारसँको फोटोसमेत अपलोड गर्दै ‘सर्वव्यापी प्रेम तिमीलाई, सबैलाई शेयर गरें’ भन्दै आफूहरुबीचको प्रेम सम्बन्धको उजागर गरेकी हुन्।

भेषवाकारसँगको प्रेम सम्बन्धलाई लुकाउन नसकेपछि निशाले अन्ततः फेसबुक मार्फत्बाट आफू उनीसँगको प्रेममा परेको खुलासा गरेकी हुन्। क्रिकेटमा निकै चर्चा कमाएका भेषवारसँग उनको प्रेम सम्बन्ध कसरी स्थापित हुन पुग्यो, त्यसको खुलासा गर्न भने निशा हिच्किचाहेकी छिन्।

यसबारे मुख खोल्न नपरोस् भन्नका लागि निशा सम्पर्कबाहिर बस्न खोजिरहेकी छिन् भने अमेरिकामा रहेर पञ्जाब क्लब टेक्सास डलासबाट क्लब क्रिकेटमा राम्रो प्रदर्शन गरेका भेषवाकरले निशाले शेयर गरेको स्ट्याटसप्रति हालसम्म प्रतिक्रिया व्यक्त गरेका छैनन्। भेषवाकरले कुनै प्रतिक्रिया नजनाउनुलाई कतै नायिका अधिकारीले फेसबुकबाट एकतर्फी प्रेमभाव शेयर पो गरेकी हुन् कि? ‘हा हा हा.. टु वे नै हो, ≈याप्पिली’ –निशाले नेपाल समाचारपत्रसँग यति मात्र भनिन् । समाचारपत्रबाट


  •  
  •  
  •