१० किशोर कोशोरी मध्यरातमा फुल्चोकी जंगलमा हराएपछि

243
  •  
  •  
  •  

काठमाडौं १२ पुस ।
ललितपुर प्रहरीले बाटो हराएर मध्यरातमा फुल्चोकीको जंगलमा अलपत्र परेका ११ जनाको उद्दार गरेको छ । घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा काठमाण्डौ विशालनगर बस्ने वर्ष २० का श्रीयान्स खत्री रहेका छन ।

क्रिसमस मनाउन शुक्रबार १२ जनाको समूह फुल्चोकी गएको थियो । फुल्चोकीमा रमाईलो गर्दागर्दै रात परेपछि समूहमा रहेका ८ युवक र ४ युवती फकर्नेक्रममा बाटो बिराएर अलपत्र परेका थिए । प्रहरीलाई घुम्न गएको समूहले राती खबर गरेपछि प्रहरी प्रभाग बाडेगाँउ र परिसरबाट एसपी सुशीलकुमार यादवको टोली पुगेर उनीहरुको उद्धार गरेको थियो। भिरबाट लडेर मृत्यु भएका खत्रीको शब प्रहरीले निकालेको थियो।
नागरिकबाट


  •  
  •  
  •