‘साँस्कृतिक विविधता नेपालीको पहिचान’

1110
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओनएस) : शेर्पालगायत हिमाली भेगका बासिन्दाले आज ग्याल्बो ल्होसार, मनाउँदैछन् । ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ ।

नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ । ग्याल्बो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताले भरिएको नेपाली समाजका चाडपर्व साझा सम्पत्ति भएको बताएकी छन् ।

विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले यसले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् ।
ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गरेका छन् ।
‘नेपाल आफैंमा एउटा संग्राहलय हो ।

यस भूगोलमा यती धेरै साँस्कृति विविधता छ ,जो अन्यत्र पाइदैन’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ ।’ प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख,शान्ती र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।


  •  
  •  
  •