पत्नीसँग यात्राका क्रममा मन्त्री नै लुटिएपछि…

189
  •  
  •  
  •  

jaynt-maliyaकाठमाडौ, ५ चैत(एजेन्सी) : मध्यप्रदेशको बित्तीय मनत्री जयन्त मलैया र उनकी पत्नी सुधा मलैयाको साथ हतियारबन्द लुटेराको समूहले लुटपाट गरेका छन् ।

मथुराको कोशीकला नजिकै बिहिबार लुटेराले बन्दुक देखाएर दक्षिण एक्प्रेसको पहिलो एसी कोचमा यो घटना घटेको हो । मलैयाले यस घटनाबारे रेल मन्त्री सुरेश प्रभुसँग कुराकानी गरेका छन्  । उनी लोकसभामा नै पुगेर घटनाबारे जानकारी गराएका थिए । निजामुद्दिन जीआरपी थानामा घटनाको रिपोर्ट दर्ता गरेका थिए ।

जयन्त मलैयाले मथुरा स्टेशन नजिकै केही हतियारधारी नकावधारी उनीहरूको कोचमा घुसेर बन्दुक देखाएर लुटपाट गरेको बताएका छन् । उनले आफूहरूलाई ज्यान मार्ने धम्की दिँदै लुटेको बताए । उनीहरुले पत्नी सुधाको गहना, करिब ५६ हजार भारतीय रूपैयाँ र उनको हिराको औठी लुटेको बताएका छन् ।


  •  
  •  
  •