साथी बनाउँदै लुटपाट

124
  •  
  •  
  •  

काठमाडौं ४ असोज ।
भारतमा काम गरी घर फर्किदै गरेका रुकुम पुर्तिङकाँडाका जीवन बुढाथोकी ७० हजार भारु रुपैयाँसहित लुटिएका छन् । उनलाई भारतबाटै पिछा गर्दै आएका अपरिचत व्यक्तिले साथी बनाएर नसालु पर्दाथ सेवन गराई नेपालगन्जमा लुटे । प्रहरीले तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

भारतको दिल्लीमा मजदुरी गरी घर फर्किदै गरेका दैलेखका रामबहादुर बुढा र बालाराम शर्मा नशालु पदार्थ मिसाइएको कोक पिएपछि बेहासे भए । उनीहरुसंगै भारतबाट आउँदै गरेका व्यक्तिले चिनजान गरेर साथी बनाए । बिश्वासमा पारी उनीहरुलाई कोक खाएपछि २७ हजार भारु लुटिए ।

भारतको जयपुरमा ६ महिना काम गरी घर फर्किदै गरेका बाँके कोहलपुरमा साजन सुनार र रणबिर सुनार बुधबार ३० हजार भारु रुपैयाँसहित बाटोमा लुटिए । उनीहरुलाई नेपालगन्ज घर बताउने समूहले नशा मिसाइएको केरा खुवाएर लुटेका थिए ।

गत मंगलबार सुर्खेत लेखफर्साका अम्मर चुनारा गुजरात जाने क्रममा लुटिए । उनलाई पनि सुर्खे घर बताउनेले नशा खुवाएर लुटेका हुन । गत सोमबार रुकुम आठ बीसकोटका मनोज चनारा र पत्नी अन्जना चनारा ४० हजार भारु रुपैयाँसहित बाटोमै लुटिए । उनीहरुलाई नशा मिसाइएको प|mुटीको जुस खुवार बाटोमै लुटपाट गरिएको थियो । चनारा दम्पत्ती एक वर्षअघि मजदुरीका लागि भारत गएका थिए । उनीहरु चाडपर्व मनाउन घर फर्किने बेला लुटिएको बताए ।

भारतमा मजदुरी घर फर्किने नेपालीहरु लुटिने घटना यो वर्ष पनि दोहोरिन थालेका छन् । चाडपर्वका बेला यस्ता घटना बढी हुने गरेका छन् । घर फर्किने नेपालीसंग घर सोध्ने र त्यही नजिक आफ्नो घरपनि रहेको बताउने गिरोहले नशालु पदार्थ खुवाएर बर्षेनी लुटपाट गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठोरले भारतमा नेपालीहरुको सुरक्षा हुननसक्दा लुटपाटका घटना हुने गरेको बताए । उनले नेपालीले नेपालीलाइै लुट्ने गुरेको बताए । ‘लुटपाट नियन्त्रण गर्न तीन/चार प्रहरी टोली परिचालन गरिएका छन्,’ उनले भने ।

आफ्नै गाउँले भेटियो भनेर विश्वास गरेर नशालु पदार्थ मिसाएको बिस्कुट, केरा र चिसो खाँदा नेपालीहरु लुटिने गरेका छन् । ‘मलाई लुट्ने नेपाली बोलेपछि विश्वास गरेर कोक पिएको हो,’ उपचारपछि होस खुलेका बालाराम शर्माले भने,’पहिले साथी बनाए । बिश्वास गरेपछि बेहोस बनाएर लुटे ।’

लुटेराहरु नेपालीलाई लुटेपछि भारतको बहराईच, बाबागन्ज लगायतका क्षेत्रमा झर्ने गरेकाले प्रहरीले पक्राउ गर्न सकेको छैन । बर्षभरी कमाएको पैसा लुटिदा नेपालीहरु रित्तो हाँत फर्किने गरेको प्रहरीले जनाएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •