दुबईमा बन्दैछ ५ किलोमिटर लामो सुनको चेन

379
  •  
  •  
  •  

काठमाडौ, १० मंसिर(एजेन्सी)  : संयुक्त राज्य इमिरेट्समा विश्वको सबैभन्दा लामो सुनको चेन बन्दैछ ।

gold-chainयसको लम्बाई ५ किलोमिटर हुने अन्तराष्टय सञ्चारमाध्मयहरुले जानकारी दिएका छन् । उक्त चेन बनाउनका लागि २२ क्यारेटको १ सय ८० किलो सुन प्रयोग गरिने छ । यस चेनको मद्धतले दुबईले गिनिज बुकमा आफ्नो  नाम दर्ता गराउने तयारी गरेको छ ।

यो चेन दुबईको सपिङग फेस्टिवलका लागि बनाइन लागेको हो । यसका लागि दुबई गोल्ड एण्ड ज्वलेरी ग्रुपले त्यहा“को चार वटा ठूला ज्वलेरीस“ग साझेदारी गरिरहेको छ । ती ज्वलेरीहµमा मालाबार गोल्ड एण्ड डायमण्ड, सिरोया, स्काई ज्वलेर्स र ज्वेल वन रहेका छन् ।

यो चेनलाई दुबई सेलेब्रेशन चेन नाम दिइने बताइएको छ र यो दुबईको सपिङ फेस्टिवलको २० औ जयन्तिको अवसरमा प्रदर्शन गरिने छ यो फेस्टिवल जनवरी १ देखी फेव्रेअरी १ सन् २०१५ सम्म चल्नेछ ।

यो चेन निर्माण  गर्नका लागि ७० कामदार लगाइएको छ र उनीहरुले हरेक दिन १० घण्टा काम गरिरहेका छन् । यो चेन २ सय मिटर लामो ठाऊँमा  प्रदर्शन गरिने छ र यसका लागि दर्जनौ कामदार प्रयोग गरिने छ । यसको हेरचाहको लागि दुबई प्रहरी र ट्रान्सपोर्ट विभागको मदत लिइने बताइएको छ ।


  •  
  •  
  •  

Comments are closed.