बेलायती राजपरिवारबाट २०७२ भित्र नेपाल भ्रमण

292
  •  
  •  
  •  

काठमाडौं २६ चैत ।
बेलायती युवराज विलियम अर्थर फिलिप लुइस (विलियम)ले सपत्नि नेपालको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका छन् । बेलायती सेनामा कार्यरत गोर्खासँग निकै प्रभावित युवराज विलियमले नेपाल बेलायत कूटनीतिक सम्वन्धको दुईसय बर्षगाँठको अवसरमा पुरानो मित्र मुलुक नेपाल आउने इच्छा देखाएका हुन् ।

बकिङ्घम दरबारले कसैको नाम नकिटी राजपरिवारको सदस्यले नेपाल भ्रमण गर्ने भन्दै त्यसको तारतम्य मिलाउन आफ्नो विदेशमन्त्रालयसँग भनेपछि यसको प्रारम्भिक प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । नेपालको सबभन्दा पुरानो मित्र मुलुक बेलायतका युवाराज विलियम र युवराज्ञी केट मिडलटन नेपाल आउने तारतम्य मिलाउन दुवै सरकार लागिपरेका छन् । यसरी गृहकार्य सुरु भइसकेकोले भ्रमण प्रायः निश्चित हुने भए पनि नेपालको राजनीतिक उतारचढावको कारण निश्चिन्त भने हुन सक्ने अवस्था नभएको एक अधिकारीले बताए ।

नेपाल गणतन्त्रमा गएपछि पुरानो मुलुकको राजपरिवारबाट पहिलो पटक यस्तो भ्रमणको तयारी अघि बढेको हो । निकै प्रारम्भीक चरणमा रहेको भएपनि यस प्रकारको भ्रमण तय भएको छ महिना पछिमात्र हुने अन्तराष्ट्रिय प्रचलन छ । कूटनीतिक स्रोतका अनुसार विलियम सपत्नि नेपाल आउने सम्भावना नभए उनका भाई हेनरी चाल्र्स अल्वर्ट डेविड -ह्यारी)ले नेपालको भ्रमण गर्ने पनि स्रोतको दावी छ ।

बेलायतमा निर्वाचनको समय भएकोले यसको टुंगो लाग्न अझ केही समय लाग्ने भएपनि प्रारम्भीक तयारी भने अघि बढेको परराष्ट्र मन्त्रालयमा संलग्न एक अधिकारीले बताए । नेपाल र बेलायतले कूटनीतिक सम्वन्ध स्थापना भएको दुई सय बर्षगाठको आरम्भमा र्नै दूईपक्षीय उच्चस्तरको भ्रमणको हुने भनिएको थियो । उच्चस्तरको राजनीतिक भ्रमण नहुने प्रायः निश्चित भएको अवस्थामा राजपरिवारको तर्फबाट हुने भ्रमणले नेपाल बेलायत पुरानो सम्वन्धलाई थप उचाईमा पुर्‍याउने परराष्ट्रका अर्का अधिकारीले बताए । परराष्ट्र सचिव र नेपाल स्थित बेलायती राजदूत बीच समन्वय हुने र भ्रमणका कार्यक्रमहरु तय गर्ने प्रक्रिया अघि बढेको परराष्ट्र स्रोतले बतायो ।

‘कुन स्तरको भ्रमण हुने अझै टुंगो लाग्न बाँकी छ । दुईसय बर्षगाँठ मनाउने क्रममा उच्चस्तरको भ्रमण गर्ने विषयमा छलफलहरु भइरहेका छन् । बाहिर हल्ला भएको भन्दा फरक प्रकारको भ्रमण हुनसक्छ । उच्चस्तरको भ्रमणको विषय निकै प्रारम्भीक रुपमा रहेकाले अहिले नै यो वा त्यो भन्न सकिदैन,’ परराष्ट्रका कार्यबाहक सचिव शंकरदास बैरागीले कान्तिपुरसँग भने,’दुईसय बर्षगाँठ आगामी फागुनमा पुग्ने हुनाले त्यसभित्र कुनै उच्चस्तरको भ्रमण हुनेमा हामी आशावादी छौं ।’

काठमाडौं स्थित बेलायती दूतावास र परराष्ट्रमन्त्रालयले तयारीको कार्य अघि बढाएको छ । सोही कारण बेलायतको राजदूत फर्केको लगत्तै अर्को राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन समय लाग्ने हुनाले श्रीलंकाबाट फर्किएकालाई मिसन प्रमुखको रुपमा नेपाल पठाउन लागेको स्रोतले बतायो । उनी अर्को साता नेपाल आउदैछन । औपचारिक रुपमा बेलायती दूतवाास र परराष्ट्र मन्त्रालयले भ्रमणको विषयमा कुनै जानकारी दिएका छैनन् ।

दूतावासले अहिले यसबारेमा केही भन्न नसक्ने बताए पनि अनौपचारिक छलफलमा भने राजपरिवारबाट भ्रमण हुने बताइरहेको छ । बेलायतमा आफ्नो कार्यकाल सकेर छ महिना अघि फर्केका राजदूत सुरेश चालिसेले पनि राजपरिवारबाट यो बर्ष भ्रमण हुने बताए । उनले यसअघि बेलायती प्रधानमन्त्री नेपाल आउने बताउदै आएका थिए तर यहाको राजनीतिक कारण र बेलायतको निर्वाचनले त्यो अहिलेको लागि टरेको भन्दै राजपरिवारबाट हुने बताएका हुन् । बेलायती मन्त्री तथा सेनाका उच्चअधिकारीको भ्रमणले भने निरन्तरता पाएको छ । बेलायतको प्रधानमन्त्रीले भने अहिलेसम्म भ्रमण हुन सकेको छैन् ।

बेलायती राजपरिवारको चाहना आगामी असोज देखि मंसिरसम्म रहेको भए पनि दुवै सरकारले भने आगामी फागुनको तेस्रो साताको लागि तयारी अघि बढाउन लागेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । फागुन तेस्रो साता नेपाल र बेलायत बीच कूटनीतिक सम्वन्ध स्थापना भएको दुईसय बर्ष पुग्नेछ । सन १८१६ मार्च ४ मा नेपाल र बेलायत बीच कूटनीतिक सम्वन्ध स्थापना भएको हो । युवराज नेपाल आउने भएपछि उपराष्ट्रपति परमानन्द झाको तर्फबाट औपचारिक निमन्त्रणा सरकारको पठाउने छ । नया मिसन प्रमुख आएलगत्तै यसमा छलफल हुनेछ ।

राज परिवारको भ्रमणको तिथी एक बर्ष अघि नै तय हुने हुनाले अहिले देखी नै सबै प्रक्रिया अघि बढाउन लागिएकोले यसमा संलग्न एक अधिकारीले बताए । नेपालमा राजसंस्थाको अन्त्य पछि यसप्रकारको भ्रमण भएको थिएन । बेलायत र नेपालको राजपरिवार बीच निकै घनिष्ठ सम्वन्ध थियो । बेलायती राजपरिवार राणहरु बीचको सम्वन्ध अझ मजबुध थियो । यस्तै सम्वन्धको कारण बेलायती महारानी एलिजावेथ द्धितियाले परिवार सहित दुई पटक नेपाल भ्रमण गरेकी थिइन । सन १९६१ र १९८६ मा उनी नेपाल आएकी थिइन् । तत्कालिन राजाव वीरेन्द्रको राज्य भिषेकमामा सहभागि हुन सन् १९७५ मा युवराज चाल्स नेपालमा आएका थिए । उनी पाँच दिन नेपालमा रहेका थिए । उनी सन्.१९८० र १९९८ मा पनि नेपाल आएका थिए । उनले नेपालको विभिन्न जिल्ला घुम्दै बेलायती सहयोगका निर्माण भएका परियोजनाहरुको अवलोकन गरे ।

त्यसअघि सन १९९३ मा पि्रन्स डायनाले पाँच दिने नेपाल भ्रमण गरेकी थिइन् । नेपालमा रहदा उनले विभिन्न स्थानमा गएर नेपालीहरुको अवस्थाको बारेका जानकारी लिएकी थिइन् । तत्कालिन युवराज दीपेन्द्रको निमन्त्रणामा आएकी उनले पुन नेपालभ्रमण गर्ने बाचा गरेकी थिइन् । उनी नेपाल आएको चारबर्ष पछि फ्रान्समा भएको कार दुर्घटनमा उनको निधन भयो । उनको निधनको एक बर्षपछि उनका श्रीमान चाल्सले नेपालको भंमण गरेका थिए । त्यो नै बेलायतबाट नेपाल तर्फभएको पछिल्लो उच्चस्तरको भ्रमण हो ।
कान्तिपुर दैनिकबाट


  •  
  •  
  •