आज १४ औं लोकतन्त्र दिवस

545
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख(ओएनएस) : आज देशभर १४ औं लोकतन्त्र दिवस । दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइँदै छ । २०६२/६३ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेको दिनलाई लोकतन्त्र दिवसको रुपमा स्मरण गर्ने गरिन्छ ।

सशस्त्र युद्ध गरिरहेको माओवादी र राजनीतक दलहरुका बीचमा १२ बुँदे सहमतिपछि भएको १९ दिने आन्दोलनले आजकै दिन राजतन्त्रको अन्त्य गरेको थियो ।
यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति प्रक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको नेपाली राजनीतिमा विशेष महत्व रहेको छ ।

लोकतन्त्र स्थापनाको चौध वर्षमा संविधानको निर्माण, गणतन्त्रको घोषणा, संघीय, समावेशी र समानुपतिकको व्यवस्था भएका छन् ।


  •  
  •  
  •