लोकसेवाद्वारा प्राविधिकतर्फ ३ सय पदमा विज्ञापन आह्वान

81
  •  
  •  
  •  

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ।
आयोगले विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको यही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो ।
स्वास्थ्य सेवातर्फका धेरै जसो कर्मचारी स्थानीय तहमा समायोजन भएर जाँद संघमा कर्मचारी अभाव हुन थालेको छ।


  •  
  •  
  •