लोकसेवा आयोगको परीक्षा स्थगित

118
  •  
  •  
  •  

काठमाडौं । लोक सेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देखाउँदै आयोगले अर्को सूचना प्रकाशन नभएसम्मको लागि परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको छ ।

आयोगले आज सूचना जारी गरी परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएकोले पूर्व निर्धारित निजामित सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका पूर्व निर्धारित सम्पूर्ण लिखित परीक्षा स्थगित गर्नुपरेको जानकारी गराएको हो ।

परीक्षामा सम्मिलित हुने उमेद्वारहरुमा श्रृजना भएको भय एवं आयोगका कर्मचारीहरु समेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरु समेत बन्द गर्नुपरेको र कर्मचारीहरु आइसोलेसनमा रहेको कारण तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई भएको आयोगको भनाइ छ ।


  •  
  •  
  •