लोक सेवाले परीक्षा सुचारु गर्ने

87
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित लोक सेवा आयोगको परीक्षा आगामी महिनादेखि सुचारु गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार परीक्षा सुचारु हुन लागेको हो ।

मन्त्रिपरिषद्ले अनुमति दिएपछि आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्न लागिएको छ । परीक्षाका लागि आयोगले विशेष मापदण्ड बनाएर लागू गर्ने भएको छ ।


  •  
  •  
  •