लोकसेवाले नासु पदका लागि विज्ञापन खुलायो(विज्ञापनसहित)

2709
  •  
  •  
  •  

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनकिंत पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि विज्ञापन खुलाएको छ ।
आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ । लोकसेवा आयोगको काठमाण्डौ, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ ।

दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

हेर्नुहोस् विज्ञापन


  •  
  •  
  •