प्रदेश लोकसेवाका अध्यक्षद्वारा सपथ ग्रहण

172
  •  
  •  
  •  

रुपन्देही । प्रदेश ५ को लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधिश रमेश पोखरेलले भट्टराईलाई सपथ गराएका हुन् ।

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख झा, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख पुर्ण बहादुर घर्ति सहित प्रदेशका सबै मन्त्री,प्रदेशका प्रमुख सचिव, योजना आयोगका पदाधिकारीहरु प्रदेश मन्त्रालयका सचिवहरु सहित उच्च अधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारको शिफारिसमा यही श्रावण २३ गते प्रदेश प्रमुख झाले भट्टराईलाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुक्त गरेका थिए ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई प्रदेश लोक सेवा आयोगको अध्यक्ष बन्नुअघिसम्म महेन्द्रबहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख रहेका थिए ।


  •  
  •  
  •