भारतमा लोकसभाको चुनाव सात चरणमा हुने

388
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन(ओएनएस) : भारतको निर्वाचन आयोगले लोकसभा चुनावको मिति आइतबार घोषणा गरेको छ ।
आयोगले पत्रकार सम्मेलनमार्फत सात चरणमा लोकसभाको चुनाव गर्ने जनाएको हो ।

भारतमा चैत २८ देखि जेठ ५ सम्म करिब डेढ महिना सात चरणमा चुनाव हुन लागेको हो ।  निर्वाचन आयोगले दोस्रो चरणको मतदान वैशाख ५, तेस्रो चरणको मतदान वैशाख १०, चौथो चरणको मतदान वैशाख १६, पाँचौ चरणको मतदान वैशाख २३, छैठौ चरणको मतदान वैशाख २९ हुने जनाएको छ ।

चुनावको मतगणना भने एकै पटक जेठ ९ मा हुने भएको आयोगले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
लोकसभामा ५ सय ४३ स्थान रहेका छन् । निर्वाचन आयोगले कर्नाटक, मणिपुर, राजस्थान, त्रिपुरा राज्यहरुमा दुई चरणमा आसाम र छत्तिसगढ राज्यमा तीन चरणमा लोकसभा चुनाव हुने जनाएको छ ।


  •  
  •  
  •