मध्यपहाडी लोकमार्गको वैकल्पिक बाटोः तुम्लीङ्टारबाट सोझै ट्याम्के जोडिने

250
  •  
  •  
  •  

भोजपुर, ९ चैत्र(ओएनएस) : काठमाडौ जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक बाटोका रूपमा तुम्लीङ्टार लम्छुवाबाट सोझै ट्याम्के जोड्ने गरी अगाडी बढ्न भोजपुर र संखुवासभाका नेताहरू सहमत भएका छन् ।

मध्यपहाडी लोकमार्गका रूपमा हाल सरकारले धनकुटाको लेगुवाबाट भोजपुर जोडिएको बाटोलाई प्राथमिकता दिएपछि संखुवासभा, खोटाङ् र भोजपुरका हजारौं नागरीकले वैकल्पीक बाटोको खोजी गर्न नेतृत्वलाई आग्रह गरेपछि छोटो दूरी पर्ने भन्दै संखुवासभाको तुम्लीङटार, लम्छुवा, दिङ्ला हुदै ट्याम्के जोड्ने एउटा उत्तम बाटोको खोजिमा सहकार्य गरेर अगाडि बढ्ने भएका हुन् ।

सडकको ट्र्याक खोलिसकिएको भएपनि अरूण नदीमा पुल बन्ने कार्यले गतिलिन नसक्दा भने केहि समस्या देखिएको नेताहरुले बताएका छन् । संखुवासभाका सभासद् एवं नेपाली कांग्रेसका नेता तारामान गुरूङ्ले लेगुवाबाट भोजपुर घुमेर काठमाडौ जान कयौं घण्टा लाग्ने र घुमाउरो पर्ने भन्दै नागरिकलाई फाईदा र आरामदायी यात्राको बाटोलाई पनि सोच्नु पर्नेमा जोड दिए । नागरिकलाई दुःख दिने किसिमले बाटो लैजानु हुदैन, लोकमार्ग छोटो छरितो र आरामदायी यात्रा गर्ने किसिमको हुनु पर्छ । नेता गुरुङ्ले प्रमुख बाटो राज्यले तोकेको भएपनि वैकल्पिक बाटोको खोजीमा पनि अगाडि बढ्न राज्यलाई आग्रह गरे ।

उनले संखुवासभाको तुम्लीङटार लम्छुवा दिङ्ला हुदै सिदै ट्याम्के जोड्ने वैकल्पीक बाटो निमार्णका लागी भोजपुर र संखुवासभाका नेताहरू एक भएर अगाडि बढ्ने विश्वास दिलाएका छन् । ‘भूगोललाई ध्यानमा राखेर सडकको वैकल्पीक उपाय निकाल्नु पर्छ ।’, नेता गुरुङ्ले भने ।

नेता गुरूङ्ले चार वर्षमा पनि अरूण नदीको पुल बन्न नसक्नु दुःखद भएको भन्दै ढुङ्गा निक्लिएको बाहनामा काम नगर्ने ठेकेदारलाई राज्यले कारबाही गर्नुपर्ने बताए । ‘ढुङ्गा निक्लिएको बाहनामा पुल रोक्न हुन्न’, नेता गुरुङ्ले भने, ‘ठेकेदारले गल्ती गरेको भए कार्वाहि गर्नु पर्छ हैन भने राज्य त्यसको भागेदार बन्नु पर्छ हजारौं नागरीक आवत जावत गर्ने पुल अनेकौं बाहनामा रोकेर राख्न मिल्दैन ।’ नेता गुरुङ्ले हिमालको फेदबाट पनि हिमाली राजमार्गको सर्भे गर्न राज्यलाई आग्रह गरेका छन् ।

यता भोजपुरका नेता युवा नेता उत्तम कुमार चापागार्ईले वैकल्पीक बाटोको व्यवस्था हुदा हुदै पनि राज्य उदासीन बनेको आरोप लगाए । उनले सडक नै सार्नु पर्छ नभनेको तर प्रसस्त वैकल्पीक बाटोलाई भने प्राथमिकतामा राख भनेर आग्रह गरेको बताए । वैकल्पिकका रूपमा अगाडि सारिएको संखुवासभाको तुम्लिङ्टार लम्छुवा दिङलाबाट सिदै ट्याम्के जोडेर काठमाडौ आउने बाटोलाई प्राथमिकतामा राखे भोलीका दिनमा समस्या नआउने नेता चापागाईको धारणा रहेको छ । उनले भने मात्रै समस्या अरुण नदिको पुलको हो त्यसको कार्य तत्काल सम्पन्न गरी सडक मर्मतमा राज्यले ध्यान दिनु पर्छ । उनले वैकल्पिक बाटोको विकासका लागी आफुहरु जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताए ।


  •  
  •  
  •