संसदीय समितिले अख्तियार प्रमुख कार्कीलाई बोलायो

95
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : संसदीय समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई बोलाउने निर्णय गरेको छ ।lokman

सोमबार बसेको सुशासन अनुगमन समिति बैठकले अहिलेसम्म अख्तियारले गरिरहेको कामबारे जानकारी लिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई आउँदो बुधबार बोलाउने निर्णय गरेको हो ।

समिति सभापति शेरधन राईले ओएनएस न्यूजसँग भने,‘समितिको कार्यक्षेत्रपनि भएकाले र अख्तियारले गरिरहेको कामबारे जानकारी गराउनका लागि अख्तियार प्रमुखलाई बोलाउने निर्णय गरेका हौं त्यसबाहेक सदस्यले थप विषय प्रवेश गराए भने आवश्यक छलफल गर्छौँ ।’

सोमबार बसेको बैठकमा सभासद्हरुले अख्तियारले साना भ्रष्टाचारीलाई मात्रै समाउने र ठूला भ्रष्टाचारीलाई छुँदै नछुएको भनेर आलोचना गरेका थिए । समिति सदस्यहरुले यि विषयमा छलफल गर्नुपर्ने माग गरेपछि समितिले अख्तियार प्रमुख कार्कीलाई बोलाउने निर्णय गरेको हो ।


  •  
  •  
  •