क्षेत्राधिकार बारे ‘बयान’ लिन बोलाइएका कार्कीले नै सिकाए क्षेत्राधिकार

313
  •  
  •  
  •  

काठमाडौं १९ कात्तिक (ओएनएस) : सरकारको संवैधानिक निकाय अख्तियार दुरुपयोग आयोग र संसदीय समितिबीच क्षेत्राधिकारका विषयमा विवाद सुरु भएको छ । संसदीय समितिले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई उनको क्षेत्राधिकारका विषयमा जानकारी गराउन उनले उल्टै समितिको क्षेत्राधिकारका विषयमा प्रशन उठाएका छन् । बुधवार बिहान संसदको अर्थसमितिमा अख्तियारले क्षेत्राधिकार मिचेर हस्तक्षेप गरेको भन्दै अख्तियार प्रमुख कार्कीलाई बोलाइएको थियो । अर्थसमितिका तर्फबाट सभापति प्रकाश ज्वालले अख्तियारले क्षेत्राधिकार मिचेको, शासन गर्न खोजेको, कर्मचारी युनियका कार्यालयमा गएर आतंक मचाउन खोजेको गुनासा र आरोप बारे जानकारी गराएका थिए ।

समितिका दस्यहरुले पनि लोकमानको कार्यशैलीको आलोचना गरेका गरे । एमाले नेता तथा सभासद सुरेन्द्र पाण्डे कार्की बार्गेनिङ डग बनेको समेत आरोप लगाए । ‘तपाईले अधिकार उल्लंघन गर्नुभएको छ’ पाण्डेले कार्कीबारेको आरोप राख्दै भने, ‘अख्तियारले गरेको गतिविधि हेर्दा तपाई त वाच डग भन्दा बार्गेनिङ डग बनेको देखियो ।’ सभासदले आफ्नो बारेमा प्रश्न गर्दा आक्र्रोसित अवस्थामा देखिएका कार्कीले त्यसको कडा प्रतिवाद गरे । एमाले सभासद पाण्डेको प्रश्नमा उनको जवाफ थियो ‘अख्तियारलाई आफ्नो क्षेत्राधिकार राम्रोसँग थाहा छ बार्गेनिङ डग बन्न खोजेको छैन सरकारलाई वाच डग गर्ने काम हो त्यस अन्र्तगत सबै भइरहेको छ । शासन गर्न पनि खोजिएको छैन । ’

कार्कीले जवाफ दिने क्रममा संसदीय समितिको क्षेत्राधिकार माथि नै प्रश्न उठाएका थिए । उनले आफुलाई संसदको जुनसुकै समितिले बोलाउने अधिकार नभएको जिकिर गर्दै अर्थसमितिले क्षेत्राधिकार बाहिर गएर बोलाएको बताए । ‘मलाई कार्यसम्पादन नियमावली अनुसार सुशासन तथा अनुगमन समितिले मात्रै बोलाउन मिल्छ, उनले भने अब देखि केही भन्नुपरे त्यही समितिमा बोलाउने व्यवस्था गर्नुहोला म अर्थसमिति आउन्न ।’

कावेलीका विषयमा चर्का चर्की
अख्तियारले कावेली परियोजनाको लाइसेन्स खारेज गर्न निर्देशन दिएको सम्बन्धमा सभासद र कार्कीबीच चर्का चर्की नै परेको थियो । सभासदहरुले काबेली सहितका १४ परियोजना खारेज गर्ने विषयमा अख्तियारलाई अधिकार नभएको आरोप लगाए । धेरै आरोप एमाले सभासदबाट सुनिएको थियो । कार्कीले पनि त्यसको कडा प्रतिवाद गर्दै आफुलाई सबै जानकारी भएको बताए । उनले आफु पूर्व उर्जासचिव भएकाले कावेलीस्का विषयमा आफुलाई सबै कुरा थाहा भएको बताए । उनले उर्जा मन्त्रालय र विद्युत विभागले काबेलीमा काम नभएको भनेपछि अख्तियारले छानविन गरेको आबश्यक कारवाही गर्न मात्र भनिएको बताए ।


  •  
  •  
  •