‘म आउन्न’ भन्ने कार्कीलाई जलस्रोत समितिले फेरि भन्यो ‘आउनै पर्छ’

252
  •  
  •  
  •  

lokmanकाठमाडौं, १४ मंसिर (ओएनएस) : ब्यवस्थापिका संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच फेरि ‘छायायुद्ध’ सुरु हुने भएको छ ।

अर्थ समितिबाट सुरु भएको विवाद आइतबार कृषि तथा जलस्रोत समितिमा पुगेर उत्कर्षमा पुगेको छ । आइतबार कृषि तथा जलस्रोत समितिले कार्कीलाई बोलाउने निणर्य गरेको छ । संसदको कृषि तथा जलस्रोत समितिले अख्तियार प्रमुख कार्कीलाई संसदीय उपस्थित हुन निर्देशन सहित पत्र पठाउँदैछ ।

गगन थापा सभापति रहेको समितिले कार्कीलाई समितिले वैठकमा आउन फेरि पत्र काटेर बोलाउन लागेको हो । यसअघि अख्तियार प्रमुख लोकमान सिंह कार्कीले संसदको कृषि समितिमा आउन सक्दिन भने पत्र नै पठाएपछि संसदीय समितिले भने सभामुखलाई गुहार गरेको थियो ।

समितिले बोलाउने अख्तियार प्रमुखले ‘मेरो क्षेत्राधिकार’ नपरेकाले बोलाउने अधिकार छैन भन्ने पत्र–युद्धले दुईवटा संवैधानिक निकायबीच सम्बन्ध चिसो भएको छ । समितिले संविधानसभा (व्यवस्थापिका–संसद्को कार्य सञ्चालन) नियमावलीमा आफ्नो कामको निमित्त आवश्यक कागजपत्र झिकाउन वा कुनै व्यक्ति वा पदाधिकारीलाई उपस्थित गराउन सक्ने र उपस्थित गराइएको व्यक्ति वा पदाधिकारीलाई समितिले आवश्यक भएमा बयान लिन र बकपत्र गराउन सक्ने व्यवस्था गरेको स्मरण गराएको छ ।

काबेली लगायत १३ वटा जलविद्युत आयोजनाको लाइसेन्स खारेजी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्न कार्कीलाई बोलाउने निणर्य भएको सभापति थापाले आइतबार बताए ।

मन्त्री र सहसचिवबीच विवाद

संसदीइ समितिको बैठकमा मन्त्री र सहससचवबीच पनि विवाद देखिएको छ । काबेली लगायत १३ वटा जलविद्युत आयोजनामा मन्त्रालयको विवाद समिति बैठकमा छरपस्ट भएको छ । दबैठकमा उर्जामन्त्री राधा ज्ञवालीले विवादास्पद काबेली जलविद्युत आयोजना निमार्ण कार्य रोक्न नहुने बताइन ।

तर समितिको बैठकमा मन्त्रालयका सहसचिव केशव ध्वज अधिकारीले भने जलविद्युत आयोजना अघि बढाउने या खारेज गर्ने अधिकार मन्त्रीलाई नभएको बताउनुभयो । काबेली लगायत १३ वटा जलविद्युत आयोजनाको लाइसेन्स खारेजी सम्बन्धमा उर्जा मन्त्रालयमा नै कर्मचारी तहमा विवाद हुँदै आएको छ ।


  •  
  •  
  •