संसदीय समितिमा लोकमानसिंह कार्की

54
  •  
  •  
  •  

काठमाडौं, १ असोज (ओएनएस) : नेपालको संसदीय इतिहासमा पहिलो पटक गठन भएको सुशासन तथा अनुगमन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की उपस्थित भएका छन् । समितिले अख्तियार प्रमुख कार्कीलाई पूर्वाग्रह नराखी भ्रष्टाचार विरुद्ध काम गर्न निर्देशन दिएको छ । अख्तियारले ठुला भ्रष्टाचारीलाई केही नगरी सानालाई दुख दिएको, आस्थाका आधारमा कर्मचारीलाई भ्रष्टाचारमा फसाएकोलगायत गुनासा आएको भन्दै समितिले अख्तियार प्रमुख कार्कीलाई सानालाई मात्र नभइ ठुलालाई पनि कारवाही गर्न निर्देशन दिएको हो ।

जवाफमा कार्कीले अख्तियारका परेको उजुरीका आधारमा कारवाही गरिएको भन्दै सानामात्र नभई ठुलालाई पनि कारवाही गरिएको बताएका थिए । उनले स्वास्थ्य मन्त्रालयका डिजीलाईसमेत कारवाही गरिएको जानकारी दिँदै प्रतिशोध र आस्थाका आधारमा नभएर उजुरी र प्रमाणका आधारमा कारवाही गरिएको बताएका थिए ।

उनले कार्कीले भ्रष्टचारी साना वा ठुला नहुने भन्दै अख्तियारले कसैमाथिपनि पुर्वाग्रह नराख्ने प्रतिबद्धता जनाएका थिए ।
उनले उपससचिव भन्दा माथि कारवाही गर्न अख्तियारलाई समस्या परेको गुनासो गरेका थिए । उनले उपसचिवभन्दा माथि हुने सबै निर्णय मन्त्रीपरिषदबाट हुने भन्दै मन्त्रीपरिषदले गर्ने निर्णयलाई अख्तियारले छुनसमेत नसक्ने अवस्था रहेको भन्दै अख्तियारलाई अधिकार सम्पन्न बनाउन समितिलाई आग्रह गरेका थिए । ‘नेपालमा धेरैजसा नीतिगत भ्रष्टाचार हुने गरेको छ, कार्कीको भनाई उद्धृत गर्दै एक सभासदले भने,‘त्यसलाई नियन्त्रण गर्न अख्तियारलाई अधिकार सम्पन्न बनाउन समितिले सहयोग गर्नुपर्यो ।’

कार्कीले अख्तियारको क्षेत्राधिकार फराकिलो बनाउनसमेत आग्रह गरेका थिए । ‘अख्तियारले मन्त्रिपरिषदबाट हुने निर्णयको छानविन गर्न नपाउने व्यवस्थाले समस्या भएको छ , कार्कीको भनाई उद्धृत गर्दै एक सदस्यले भने । समितिले भने नीति गत भ्रष्टाचारलाई अख्तियारले अनुसन्धानको दायरामा नल्याएको भन्दै ऐन परिमाजर्नन गर्नुपर्ने भए त्यसकालागि आवश्यक तयारी गरेर समितिलाई बुझाउन निर्देशन दिएको समितिका सभापति राईले जानकारी दिए ।

अख्तियार पदाधिकारीले संसदीय समितिको निर्देशन पुर्णरुपमा पालना गर्ने भन्दै अख्तियारलाई अधिकारसम्पन्न बनाउन समितिले सघाउनु पर्ने बताएका थिए ।
समितिले भने अख्तियारको केन्द्रदेखि क्षेत्रीय कार्यालयहरुबाट भएका कामको अनुगमन गर्ने र त्यसका आधारमा थप निर्देशन दिने समितिका सभापति शेरधन राईले संचारकर्मीहरुलाई जानकारी दिए ।

समितिका सदस्यहरुले ठूलाखाले अनियमितता नहेरेकोमा अख्तियारको आलोचना गरेका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार सदस्यहरुले शंकाकै भरमा अख्तियारले फाइल र कागजात कब्जामा लिएर भ्रष्टाचारी भनी प्रचार गर्दै चरित्रहत्या गरेको उजुरीसमेत समितिमा आएको बारे सोमबारको बैठकमा छलफल भएको थियो ।

सभासद एवं समिति सदस्य मिलनकुमारी राजवंशीका अनुसार कार्कीले निकै सानदार रुपमा आफ्नो भनाई राखेका थिए । सभासदले सोधेको प्रश्नको सटिक जवाफ दिएपछि सबैजसो सभासद खुशी देखिन्थे ।


  •  
  •  
  •