लोकमानसिंह कार्की संसदीय समितिको घेरामा

173
  •  
  •  
  •  

काठमाडौं १८ काठमाडौं (ओएनएस)  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की संसदीय समितिको घेरामा परेका छन् । व्यवस्थापिका संसदको अर्थसमितिले बोलाए लगत्तै लेखा समितिले पनि बोलाएको छ ।

अख्तियारले आफ्नो कार्यक्षेत्र मिचेर विकास आयोजनाको काम रोक्न निर्देशन दिएको भन्दै समितिले कार्कीलाई बोलाउने निर्णय गरेको हो । संसदको अर्थ समितिले आज अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग छलफल गर्दैछ ।

बिहान हुने छलफलमा अख्तियारको क्षेत्राधिकारका विषयमा छलफल हुनेछ । कृषि तथा जलस्रोत समितिले पनि अख्तियारसँग छलफल गर्दैछ। संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले काबेली ‘ए’ जलविद्युत् आयोजनाका सम्बन्धमा पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनको छानबिन गर्ने भएको छ । यसअघि सुशासन तथा अनुगमन समितिले अख्तियार प्रमुखलाई बोलाएर छलफल गरेको थियो ।

असान्दर्भिक विषयमा पनि चासो रोखर अनावश्यक विवाद निम्त्याएको भन्दै लेखा समितिले मंगलबारमात्रै बोलाउने निर्णय गरेको छ।


  •  
  •  
  •