लोकमानको मुद्दामा बहस सकियो, फैसलाको प्रतीक्षा

100
  •  
  •  
  •  

lokman karkiकाठमाडौँ, २४ पुस (ओएनएस) : अख्तियार दूरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको योग्यता सम्बन्धीको मुद्दामा बहस सकिएको छ ।

आइतबार कार्कीका पक्ष र विपक्ष दुबै तर्फका कानुन व्यवसायीले बहस गरेर सकाएका हुन् ।

पुस ७ गतेबाट सुरु भएको सुनुवाइमा रिटनिवेदक अधिवक्ता ओमप्रकाश अर्यालको तर्फबाट अधिवक्ता शम्भू थापा, निवेदनक ओमप्रकाश अर्याल, टिकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरे ।

सर्वाेच्चको फैसला पनि आइतबार नै आउन सक्ने अनुमान गरिएको छ ।


  •  
  •  
  •