लोकमानले दिए प्रष्टीकरण : ‘अख्तियार परिसरबाट छोरीको बिहे गर्दा कानुन मिचेको छैन’

194
  •  
  •  
  •  

काठमाडौं, १५ फागुन (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफ्नो छोरीको बिहेबारे भएका टीका टिप्पणीप्रति आश्चर्यचकित बनाएको जनाएका छन् ।

शुक्रबार आफ्नो नीजि वेभ पोर्टलमार्फत धारणा सार्वजनिक गर्दै लोममानले कानुनको सिमा र परिधिभित्रै रहेर आफनी छोरकिो विवाह सम्पन्न गरेको जनाएका छन् । तर, उनले सर्वधारण र मिडियालाई रोकेको विषयमा भने केहि बोलेका छैनन् ।

यसअघि बिहिबार अख्तियार परिसरबाटै आफ्नी छोरीको बिहे गरेपछि लोकमानप्रति टिका टिप्पणी भएको थियो । बिहेको लागि कर्मचारीको काम काजमा असर पर्नुका साथै आफन्त बाहेका अरुलाई पहुँच दिइएको थिएन ।

उनले वेभ साईटमा लेखेका छन् ‘ बस्तुत एउटा सचेत नागरिक र राज्यले दिएको जिम्मेवारीलाई मध्यनजर गर्दै मैले सामाजिक व्यवहार सुधार ऐन–२०३३ को सिमा र परिधिभित्रै रहेर आफ्नी छोरीको विवाह सम्पन्न गरेको हुँ। उनले आयोगको कामकाजमा असर गरेको भन्ने कुरामा पनि खण्डन गर्दै लेखेका छन्, ‘आयोगबाटै वैवाहिक कार्यक्रम सम्पन्न गरिएको जसका कारणट आयोगको काम कारवाहीहरु प्रभावित भएको, आयोगका कर्मचारीहरुले दुःख हैरानी पाएको भन्ने जस्ता लाञ्छनायुक्त टिप्पणीहरु काल्पनिक र मनोगत निष्कर्षमाा आधारित छन् ।’

उनले आफु आयोगको प्रमुख आयुक्तको हैसियतमा आयोग परिसरभित्रै रहेको सरकारी निवासमा वस्दै आएको उल्लेख गर्दे समाजिक व्यवहार सुधार ऐन पालना गर्ने क्रममा सोहि निवासबाट बिहे हुने स्वभाविक भएको भन्दै प्रष्टिकरण दिएका छन् ।


  •  
  •  
  •