लोकमानले भने, ‘कालोमोसो दल्नेहरू ‘योजना कार्यान्वयनका कारिन्दा’ हुन्, छोडिदिनुहोस्’

225
  •  
  •  
  •  

lokman karkiकाठमाडौं, ८ पुस (अाेएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई सर्वाेच्च अदालतभित्रै कालोमोसो दल्ने २ युवालाई रिहा गर्न आग्रह गरेका छन् ।

कालोमोसो दल्नेहरू कसैको गोटी मात्र भएको उल्लेख गर्दै कार्कीले दुबै जना ‘अवोध कारिन्दा’ भएको बताएका छन् ।
कार्कीलाई बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका नेता बताउने प्रबल शाही र नन्दबहादुर बुढाले कालोमोसो दलेका थिए ।

कार्कीले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटी मात्र हुन र मलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु ।’ भनेका छन् ।

वास्तविक अपराधी पर्दा पछाडी भएको आफू विरुद्ध केही महिना विरुद्ध विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कार्कीेले पक्राउ परका दुबै जनालाई कुनै कारवाही नगरी रिहा गरिदिन सुरक्षा निकायलाई अनुरोध गरेका छन् ।


  •  
  •  
  •